अछाम दुर्घटनाको अनुसन्धान गर्न ट्राफिकले बनायो समिति

  बुधबार १४, चैत २०८० १६:३९

धनगढी । अछाममा सोमबार भएको ट्याक्टर दुर्घटनाको अनुसन्धानका लागि समिति बनाइएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको हो।

समितिले दुर्घटनास्थलमा गएर अनुसन्धान गरेर प्रतिवेदन बुझाउनेछ। सोमबार अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्रयाक्टर दुर्घटना हुँदा एकै गाउँका ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परेर ३ जना घाइते भएका थिए। होली खेलेर फर्किरहेका बेला सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।


मेल्लेख गाउँपालिका–१ ऋषिदहका २१ वर्षीय जनक धामी, ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी र ३७ वर्षीय नरबहादुर धामीको मृत्यु भएको थियो।

clock बुधबार १४, चैत २०८० १६:३९

प्रतिक्रिया