कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिँदै

  मङ्गलबार १३, चैत २०८० ०९:३६

धनगढी । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् ।

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ । 

बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको इन्स्पेक्टर हरेराम डाँगीले जानकारी दिए । होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । 

अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ‘घटनाबारे सोधपुछ गर्न हामी डाइभ हान्नेहरूलाई सम्पर्कमा ल्याउँदै छौँ’ इन्स्पेक्टर डाँगीले भने । 

clock मङ्गलबार १३, चैत २०८० ०९:३६

प्रतिक्रिया