बाजुराको बडिमालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट

  सोमबार १२, चैत २०८० ०८:१४

बाजुरा । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

बडिमालिका नगरपालिका–६ कोर्ध स्थित अमर बडुवाल र बलबहादुर बडुवालको सँगै जोडिएको ३ तले घरमा बिजुलीको लाईन सर्ट भएर आईतवार साँझ आगलागी हुँदा घर र घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारीले बताए।

उक्त आगलागीबाट मानविय÷चौपाया क्षती नभएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको भण्डारीले जानकारी दिए। 

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ।

clock सोमबार १२, चैत २०८० ०८:१४

प्रतिक्रिया