सरकारी गाडीको ठक्करबाट साइकलयात्री घाइते, चालक नियन्त्रणमा

  सोमबार १२, चैत २०८० ०६:३२

धनगढी । कैलालीमा सरकारी गाडीले साइकललाई ठक्कर दिएको छ । आइतबार राति साढे ९ बजे सहिद गेटमा सु.प.प्र ०१–००१ झ ०३८७ नम्बरको गाडीले साइकललाई ठक्कर दिएको हो ।

सो गाडी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढीको रहेको बताइएको छ । गाडीको ठक्करबाट साइकलमा सवार दार्चुलाको दुहु गाउँपालिकाका हेमराज जोशी घाइते भएका छन् ।

उनको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको धनगढी स्थित स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । सो सरकारी गाडीमा उप-सचिव पनि सवार रहेको बताइएको छ ।

चालक धनगढी बस्ने राजेन्द्र बहादुर थापा र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

clock सोमबार १२, चैत २०८० ०६:३२

प्रतिक्रिया