कैलालीको खोलामा मृत भेटिए एक पुरुष

  आइतबार ११, चैत २०८० ११:०८

 

धनगढी । कैलालीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्।

मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए।

उनकाअनुसार इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी वरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इलाका प्रहरी कायर्मलय लम्कीको संयुक्त टोली घटनास्थलमा गएको छ।

clock आइतबार ११, चैत २०८० ११:०८

प्रतिक्रिया