कस्तो रहनेछ आगामी तीन दिनको मौसम

  आइतबार ११, चैत २०८० ०६:४८

धनगढी । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भू–भागमा  आंशिकदेखि मुख्यतया सफा रहेको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू–भागमा बदली रहनेछ । कोशी, बागमती, गण्डकीलगायत पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सोमबार कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू–भागमा बदली रही कोशी, मधेश, बागमती  र गण्डकीलगायत पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू–भागमा बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

clock आइतबार ११, चैत २०८० ०६:४८

प्रतिक्रिया