धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना

  शनिबार १०, चैत २०८० १०:३१

धनगढी । कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ।

चौमालाबाट धनगढी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटरसंग आज ठोकिदा दुर्घटना भएको हो। दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका १ गोब्काका अनिश चन्द रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुबैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

clock शनिबार १०, चैत २०८० १०:३१

प्रतिक्रिया