संस्कृती संरक्षण गर्न धनगढीको ऐश्वर्यमा होली मिलन कार्यक्रम

  शुक्रबार ०९, चैत २०८० १९:५५

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले संस्कृति संरक्षण गर्न होली मिलन कार्यक्रम आयोजना गरेको छ । 

होली पर्वको परम्परागत रौनक हराउँदै गएकाले त्यसको संरक्षण गर्ने उद्देश्यले स्ववियुले होली मिलन कार्यक्रम आयोजना गरेको हो ।

स्ववियुका सभापति कुँवेर खड्काको सभापतित्वमा आयोजना भएको होली मिलन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्ल प्रमुख अतिथी रहेका थिए । 

‘हिन्दुहरूको महान चाड पर्वको रूपमा मानिने होली तथा फाल्गुन पूर्णिमा आजकल यो पर्वको परम्परागत महत्त्व र रौनक हराउँदै जान थालेको छ,’ सभापति कुँवेर खड्काले भने, ‘यस पर्वको परम्परागत रौनक महत्त्व हराउँदै गएपछि यसको संरक्षणका लागि होली मिलन कार्यक्रम आयोजना गरेका हौँ ।’

हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो रितिरिवाज युवा विद्यार्थीले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको स्ववियु सभापति  खड्काले बताए ।

पछिल्लो समय होली पर्व मनाउने तरिकामा फरक पन आएकाले यसको मौलिकपन जोगाइ राख्न र युवाहरूले सन्देश दिनु पर्ने प्रदेशसभा सदस्य चक्रबहादुर मल्लले बताए।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज दिपक धामी विशिष्ट अतिथि, क्याम्पस प्रमुख धर्मदेव भट्ट, अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राई, उपाध्यक्ष रोहित बोगटी, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रमोद खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य घनश्याम बम लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

clock शुक्रबार ०९, चैत २०८० १९:५५

प्रतिक्रिया