वनगाउँमा नेपाली महिलाको अश्लिल भिडिओ खिचेपछि ......

  शुक्रबार ०९, चैत २०८० ०६:३७

धनगढी । कैलालीको धनगढीसँग सीमाना जोडिएको भारतीय बजार वनगाउँमा एक नेपाली महिलाको नाङ्गो भिडिओ खिचिएको छ। लुगा खरिदका लागि वनगाउँ गएकी महिलाको पसलमा काम गर्ने युवाले नाङ्गो भिडिओ बनाएका हुन्।

वन गाउँमा रहेको नयन एण्ड सन्स कपडा पसलमा काम गर्दै आएका सत्यम गुप्ताले एक नेपाली महिलाको नाङ्गो भिडिओ बनाएको भन्दै पक्राउ गरिएको छ।

उनले कपडा पसलको लुगा फेर्ने ठाउँमा अँध्यारो भएकाले महिलालाई मोबाइल दिएका थिए। मोबाइलमा बत्ती बालेर महिलालाई दिएका गुप्ताले भिडिओ समेत बनाएको फेला परेको हो। उनले नेपाली महिलाको कपडा फेर्दै गरेको नाङ्गो भिडिओ बनाएका हुन्।

भारतीय प्रहरीमा नेपाली महिलाले खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ। उनीसँगै पसलका सञ्चालक निरज गुप्तालाई समेत भारतीय प्रहरीले बोलाएको छ।

वनगाउँ स्रोतका अनुसार बिहिवार दिउँसो ३ बजेको समयमा घटना भएको हो। भारतीय प्रहरीले नेपाली महिला र भारतीय युवक तथा पसलका सञ्चालकलाई सोधपुछ गरेको छ। भारतीय प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको वनगाउँका एक व्यापारीले बताएका छन्।

clock शुक्रबार ०९, चैत २०८० ०६:३७

प्रतिक्रिया