कैलालीको धनगढी र गोदावरीको बिचमा स्वागतद्वार निर्माण

  बिहिबार ०८, चैत २०८० १२:३१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बिचमा स्वागतद्वार निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण गरेको हो।

धनगढी–अत्तरिया ६ लेन सडकको मोहनपुर सीमा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले गत मंसिर २७ गते स्वागतद्धार निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। 

धनगढी उपमहानगरपालिकाका अनुसार श्री उप्रेती विल्डर्स एण्ड इन्जिनियर्स प्रालि, धनगढीसँग १९ लाख ५६ हजार नौ सय ८९ रुपैयाँमा स्वागतद्वार निर्माणको सम्झौता भएको थियो।

धनगढी उपमहानगरपालिकाले स्वागतद्वारमा ३२ वटा फ्लड लाइट र स्ट्रिप लाइटसमेत जडान गर्दैछ। विजुली–बत्तीका लागि धनगढी उपमहानगरपालिकाले थप चार लाख ४७ हजार तीन सय ८१ रुपैयाँ खर्च गर्दै छ। 

ठेक्का सम्झौता मार्फत नै स्वागतद्वारमा धनगढी उपमहानगरपालिकाले बत्ती जडान गर्दैछ। निर्माण कम्पनीले गत फागुन ३० गते भित्र स्वागतद्वार निर्माणको काम पूरा गर्नुपर्ने हो। 

तर, सम्झौताको समय भित्र सबै काम निर्माण कम्पनीले सकेको छैन। स्वागतद्वार निर्माणको काम जारी रहेको छ। धनगढी विमानस्थल जोड्ने सडकमासमेत स्वागतद्वार निर्माण गरिएको छ। 

clock बिहिबार ०८, चैत २०८० १२:३१

प्रतिक्रिया