नवजीवन सहकारीले दियो शेयर सदस्यहरूलाई बेमौसमी तरकारी खेती तालिम

  बिहिबार ०८, चैत २०८० ०८:०४

धनगढी । नवजीवन सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई बेमौसमी तरकारी खेती तालिम दिएको छ । 

नवजीवन सहकारी संस्थाको सहयोग र शिखर टेक्निकल कलेज धनगढीको समन्वय तथा सहकार्यमा खेती तालिम दिएको हो ।

नवजीवन सहकारी संस्थाका शाखा रहेका धनगढी, जोशीपुर, टिकापुर, आईबीआरडी र बासगढि,  ७ दिने  तालीमको आयोजना गरेको हो । 

शेयर सदस्यहरू मौसमी र बेमौसमी तरीकारी खेतीबाट स्वरोजगार बन्न सजिलो होस भन्ने हेतुले तालीमको आयोजना गरेको सहकारी संस्थाले जनाएको छ । 

 

clock बिहिबार ०८, चैत २०८० ०८:०४

प्रतिक्रिया