कैलालीका डीएसपीद्वय चन्द र बरालको सरुवा

  बिहिबार ०८, चैत २०८० ०७:३८

धनगढी । कैलालीमा कार्यररत दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपीद्वय कुलदिप चन्द र गणेश बहादुर बरालको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यररत डीएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ । उनको स्थनमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा आउने भएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यररत डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा गरिको छ ।

उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यररत गंगा बहादर थापा आउने भएका छन् । उनीहरुसँगै प्रहरी प्रधान कार्यायले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो ।

clock बिहिबार ०८, चैत २०८० ०७:३८

प्रतिक्रिया