कैलालीको हाटखोलीमा भेटियो नेपाली सेनाको टुइन्च मोटर बम

  बुधबार ०७, चैत २०८० १८:१६

धनगढी । कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ फेला परेको छ । बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरेर फर्किएको प्रहरीले जनाएको छ ।

हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम फराएको हुनसक्ने अनुमान गरिएको छ ।

clock बुधबार ०७, चैत २०८० १८:१६

प्रतिक्रिया