पत्रकार प्रकाश मिश्रको पहलमा शैक्षिक सामग्री  बितरण

  बुधबार ०७, चैत २०८० १७:२२

सुखड । पत्रकार प्रकाश मिश्रको पहल तथा स्विजरल्याण्डमा बसोबास गर्दै आउनुभएका नेपाली दिदी बहिनी र स्विस नागरिकको सहयोगमा कैलालीका विभिन्न सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ छात्रवृत्ति बितरण गरिएको छ । 

स्विजरल्याण्डमा बस्नुहुने एनआरएन स्विजरल्याण्डका पुर्व अध्यक्ष शुभ एल्मर लामा,सुनम पन्त,बिजया भट्ट,उषा ज्याक्युट  स्विस नागरिक इस्टर कम र बेट्रीक्स ओचनेरको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बिगत ६ बर्षदेखी कैलाली जिल्लाका विभिन्न सामुदायिक बिधालयमा अध्यनरत आर्थिकरुपमा कमजोर,जेहेन्दार बिद्यार्थीहरुको पढाइलाइ मदत पुगोस भनेर शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको पत्रकार प्रकाश मिश्रले बताए ।

उनले भने बिदेशी भुमिमा बसेर नेपालमा रहेका बालबालिकाको पढाइलाइ मदत गर्नुहुने आदरणीय दिदिहरुप्रती आभार ब्यक्त गर्दछु । 

साना साना बालबालिकाको शैक्षिक चाहना पूरा गर्ने कर्म गर्न पाउनु आफैमा पुन्यको काम भएको बताउदै पत्रकार मिश्रले  शैक्षिक सामग्रीमा प्रत्यक बिद्यार्थीलाई  कापी,कलम,पेन्सिल,ज्यामिती बक्स ,बिधालय पोसाक २ जोर,बिधालय जुत्ता १ जोर ,झोला तथा नजिकिएको नयाँ बर्ष उत्साहपुर्बक बितोस भनेर छात्रालाई कुर्ता सुरवाल तथा छात्रलाइ टिसर्ट प्रदान गरिएको  बताए ।

clock बुधबार ०७, चैत २०८० १७:२२

प्रतिक्रिया