साहुखर्कमा रहेको  चर्चित ‘बाजेको खिर’ पसलमा अष्ट्रेलियन राजदूत भोल्क

  बुधबार ०७, चैत २०८० १६:३१

डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसल चर्चित  छ । सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन् ।

बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारि फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ । ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ ।

उक्त खिर पस स्वर्गीय शेरबहादुर देवाले सञ्चालनमा ल्याएका थिए । डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् । अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन् ।

clock बुधबार ०७, चैत २०८० १६:३१

प्रतिक्रिया