धनगढीको अपी सैपाल क्याफेमा १ सयको खाना खाँदा साइकल उपहार

  बुधबार ०७, चैत २०८० १६:२६

धनगढी । धनगढी स्थित अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवशर पारेर खानामा छुट र उपहार दिने योजना बनाएको छ । उपमहानगरपालिका ५ हसनपुरमा रहेको क्याफेले होलीको अवशर पारेर यही चैत ९ गतेदेखी १६ गतेसम्म बिभिन्न परिकारमा १० प्रतिशत, पेय पदार्थमा ५ प्रतिशत छुट संगै एक सय रुपयाँमा पाइने खानामा साइकल उपहार राखेको छ । 

एक सय रुपयाँमा पाइने सादा खानामा चिठ्ठा योजना अनुरुप क्याफेले साइकल उपहार राखेको हो । क्याफेका प्रबन्धक गोबिन्द धामीले ९ गतेदेखी १५ गतेसम्म खाना खाने ग्राहकको नाम ठेगाना लिने र उहाँहरुलाई चिठ्ठा सिस्टमबाट साइकल उपहार दिने योजना रहेको बताए । 

धनगढी रङ्गशाला अगाडि रहेको क्याफेले एक सय रुपयाँमा शाकाहारी खाना खुवाउदै आएको छ । खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडो पनि उपलब्ध रहेको छ । 

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ । होटलमा बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध छ ।

clock बुधबार ०७, चैत २०८० १६:२६

प्रतिक्रिया