कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हेरोईनसहित भारतीय नागरीक पक्राउ

  मङ्गलबार ०६, चैत २०८० १५:१२

धनगढी । कञ्चनपुरमा ठूलो परिणामको लागुऔषध खैरो हेरोईनसहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका ६ नकैयाबाट १० दशमलब २ ग्राम खैरो हेरोईनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार पैदल आउदै गरेको अवस्थामा उत्तर प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका चौहानलाई पक्राउ गरिएको हो । 

शंका लागेर उनलाई चेकजाँच गर्दा पाइन्टको गोजीमा पोको पारेको अवस्थामा खैरो हेरोईन बरामद गरिएको थियो ।

उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

clock मङ्गलबार ०६, चैत २०८० १५:१२

प्रतिक्रिया