आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

  मङ्गलबार ०६, चैत २०८० ०७:०४

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी  प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज मधेश र कोशी प्रदेशलगायत पहाडी भू–भागमा बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित छिटपुट देखि हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने तथा पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित छिटपुटदेखि हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू-भागमा बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ ।

त्यस्तै बिहीबार कोशी, मधेश, बागमती र गण्डकीसहित पहाडी भू–भागमा बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

clock मङ्गलबार ०६, चैत २०८० ०७:०४

प्रतिक्रिया