कर्णाली पुल मर्मत भएसँगै आजबाट एकतर्फी यातायात सुचारु

  सोमबार ०५, चैत २०८० १०:०१

धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । सोमवार कर्णाली पुलमाथि गुड्दागुड्दै ट्रकमा आगलागी हुँदा पुलका १४ ओटा तारमा क्षति हुँदा बाटो बन्द गरिएको थियो।

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५ प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट एकतर्फी यातायात सुरु गरिएको हो ।

clock सोमबार ०५, चैत २०८० १०:०१

प्रतिक्रिया