कैलालीको भजनीमा खाल्टोमा डुबेको अवस्थामा बालक मृत फेला

  आइतबार ०४, चैत २०८० २१:२८

धनगढी। कैलालीमा खाल्टोमा डुबेको अवस्थामा बालक मृत फेला परेका छन्। 

कैलालीको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्।

आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। 

यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

clock आइतबार ०४, चैत २०८० २१:२८

प्रतिक्रिया