फागु पर्व विधिवत रुपमा सुरु

  आइतबार ०४, चैत २०८० ०८:५७

काठमाडौँ । यस वर्षको फागु (होली) पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका अगाडि ध्वजापताकाले सजाइएको चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु भएको हो । 

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चिर ठड्याउने गरिन्छ । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका थिए । 

यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

clock आइतबार ०४, चैत २०८० ०८:५७

प्रतिक्रिया