नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमको सभापतिमा लामिछाने निर्वाचित

  आइतबार ०४, चैत २०८० ०७:१३

धनगढी । नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशको सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन्।

कैलालीको गोदावरीमा शनिबार भएको महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध रुपमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो। 

निर्वाचन अधिकृत अधिवक्ता वीरबहादुर जेठाराका अनुसार महासंघको प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सहकोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन्। 

यसअघि प्रदेश अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए ।

clock आइतबार ०४, चैत २०८० ०७:१३

प्रतिक्रिया