सौँराइ नारी सम्मान २०८० : ७ महिला सम्मानीत

  शनिबार ०३, चैत २०८० १५:३३

धनगढी । कैलालीको धनगढीमा रहेको सौँराइ स्क्वायरले सौँराइ  नारी सम्मान कार्यक्रम २०८० आज धनगढीमा सप्पन्न भएको छ । कार्यक्रम  ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसरमा  सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो ।

महिला तथा समाजमा योगदान पुर्‍याएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको छ । सम्मानीत  स्वास्थ्य क्षेत्रका ,जयकला रावल ,अपाङ्गता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया ,थारु कला सस्कृती सरक्षण समिक्षा चौधरी , मानवअधिकार कर्मी महेश्वरी भट्ट, ,शिक्षिका तुलसी शर्मा , समाजसेवी सारदा शाह , पत्रकार जमुना न्युरे रहेका छन् ।

सम्मान कार्यक्रमको प्रमुख अतिथिको आशन बाट बोल्दै धनगढी उपमहानगर पालिका उप प्रमुख कन्दकला रानाले धनगढी नगरपालिकामा पनि लैङ्गकि समानता छैन किनभने त्यहा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत,शाखा प्रमुखहरु पुरुष नै छन्  त्यसले गर्दा लैङ्गकि समानता छैन, हामिले समान ज्याला, कानुनी प्रकियामा पनि अब समान हुनु पर्नेमा जोड दिए। 

समाजमा रहेका हरेक क्षेत्रमा  कार्य  गरि  महिलाहरुलाइ यसरी ब्यक्तिगत लगानी निजि क्षेत्र बाट एक ठाउँमा लाई  गरिएको यो सम्मानले अझै महिला हरु मा उर्जा थपिएको छ ।यस्ता सिर्जनसिल कार्य गरेकोमा सौराइ स्क्वायर लाई धन्यावाद पनि दिइन ।

कार्यक्रममा ग्लोबल आइ एम इ बैंकका पुष्कर सुवेदी , कैलाली मोडल क्याम्पस  प्रमुख तपेन्द्र सिह लगायत बक्ताहरुले शुभकामना दिएका थिय।

कार्यक्रमको सौराइ स्क्वायर धनगढीका प्रमुख उमेश बिक्रम शाहको सभापतित्वमा भएको थियो , ।सौराइ स्क्वायरले सौराइ नारी सम्मान कार्यक्रम गत बर्ष देखि मनाउदै आएको हो ।

clock शनिबार ०३, चैत २०८० १५:३३

प्रतिक्रिया