कैलालीकी पत्रकार जमुना न्युरे समानित

  शनिबार ०३, चैत २०८० १५:२०

धनगढी । कैलालीको धनगढीमा रहेको सौराइ स्क्वायरले गरेको नारि सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ ।

पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन, वातावरण, जैबिक विविधता,  महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको छ ।

पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् । सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।

महिला तथा समाजमा योगदान पुर्‍याएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको छ । समानित स्वास्थ्य क्षेत्रका जयकला रावल, अपाङ्गता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया, थारु कला सस्कृती सरक्षण समिक्षा चौधरी, मानवअधिकार कर्मी महेश्वरी भट्ट, शिक्षिका तुलसी शर्मा, समाजसेवी सारदा शाह रहेका छन् ।

clock शनिबार ०३, चैत २०८० १५:२०

प्रतिक्रिया