कञ्चनपुरमा एक युवक खुकुरी र गाँजासहित पक्राउ

  शनिबार ०३, चैत २०८० ०८:५७

कञ्चनपुर । कञ्चनपुरमा एक युवक खुकुरी र लागूऔषधसहित पक्राउ परेका छन्। 

शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज गाउँबाट ७७.२१ ग्राम लागूऔषध (गाँजा) सहित सोही ठाउँ बस्ने २२ वर्षीय शुसिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ति टोलीले उनको साथबाट गाँजा र धारिलो हतियार (खुकुरी) एक थान फेला पारी चौधरीलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock शनिबार ०३, चैत २०८० ०८:५७

प्रतिक्रिया