एसपीएले लियो सन्तोषी टोल क्षेत्र सफाइको जिम्मा

  शनिबार ०३, चैत २०८० ०८:४१

धनगढी । धनगढीको एसपीए कलेजले आफ्नो वरीपरीको क्षेत्रमा सफाइको जिम्मा लिदैँ एकजना सफाई कर्मचारी नियुक्त गरेको छ।

आफ्नो वरपरको ५०० मिटर क्षेत्रमा सफाईको जिम्मा लिने अभियान अन्तर्गत एसपीएले सन्तोषी टोल क्षेत्रमा सफाइको जिम्मा लिएको हो।

आफ्नो २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा एसपीएले धनगढी उपमहानगरपालिकासँग उक्त क्षेत्रको सफाइका लागि एकजना सफाई कर्मचारी नियुक्त गर्ने सम्झौता समेत गरेको छ।

एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उक्त सम्झौता पत्रमा हस्ताताक्षर गरे।

हमालले हाम्रो धनगढी हामी बनाउछौँ अभियानमा यो महत्वपूर्ण कोशेढुंगा बन्ने बताए। उनले यस कार्यको अरुले पनि अनुसरण गर्नुपर्ने बताए।

प्रबन्ध निर्देशक शाहीले सफा र स्वच्छ धनगढी बनाउँने उद्देश्यमा आफूहरुले हातेमालो गरेको र यस अभियानमा सबैलाई जोडिन आह्वान गरे। सम्झौता अनुसार सन्तोषी टोल क्षेत्रमा सरसफाइका लागि एसपीएले एक कर्मचारी नियुक्त गर्नेछ। 

उक्त कर्मचारीको सम्पूर्ण पारिश्रमिक एसपीएले ब्यहोर्नेछ। आफ्नो क्षेत्र सफाईकाले लागि एसपीएलेनै यसअघि ५०० मिटर सफाई अभियान चलाएको थियो। उक्त कार्यक्रम अन्तर्गत एसपीएले समय समयमा समुदायमा सरसफाई गर्दै आएको छ।

clock शनिबार ०३, चैत २०८० ०८:४१

प्रतिक्रिया