धनगढीमा तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियान सुरू

  शनिबार ०३, चैत २०८० ०८:३३

धनगढी । धनगढीमा तेस्रो चरणको हरियाली प्रवर्द्धन अभियान सुरू भएको छ। शुक्रवार अभियानको उप(प्रमुख कन्दकलाकुमारी रानाले उद्घाटन गरेकी हुन्।

धनगढी विमानस्थल सडकमा वृक्षारोपण अभियान थालिएको हो। विमानस्थल सडकमा साढे चार सय बिरुवा रोपण गरिने भएको छ।

तेस्रो चरणमा हुलाकी सडकको फूलबारीसम्म वृक्षारोपण गरिने छ। वृक्षारोपण गर्न नागरिकबाट आर्थिक सहयोग प्राप्त भएको हो।

नागरिकले स्वदेश तथा विदेशबाट एक बिरुवा रोप्न पाँच हजार सहयोग गरेका हुन्।
 

clock शनिबार ०३, चैत २०८० ०८:३३

प्रतिक्रिया