धनगढीमा १७ ग्रामबढी खैरो हेरोइनसहित एक जना पक्राउ

  शनिबार ०३, चैत २०८० ०७:१५

धनगढी । धनगढीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध (खैरो हेरोईन) सहित एकजनालाई पक्राउ गरेको छ। 

शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी तुलसिबारी चोकबाट उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन राना रहेका छन्। 

रानालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १७ ग्राम २४० मिलीग्राम हेरोईनजस्तो देखिने धुलो पदार्थ फेला पारी बरारामद गरिएको बताइएको छ।

उनलाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको वरिष्ठ सई केशब जोशी नेतृत्वको टिम र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको हो।

यस सम्बन्धना प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock शनिबार ०३, चैत २०८० ०७:१५

प्रतिक्रिया