पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान

  बिहिबार ०१, चैत २०८० १५:५९

धनगढी । चैतन्य पाठशालाले नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव हरी प्रसाद जोशीलाई लाई  चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान  २०८० प्रदान गरेको छ ।

धनगढी एफएमका निर्देशक  समेत रहेका जोशिलाई चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान  २०८० प्रदान गरेको हो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा. नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान  २०८० प्रदान गरे ।

चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले पत्रकारिता तथा बिभिन्न सामाजिक संस्था मार्फत युवाहरुलाई उत्प्रेरित गरे वाफत पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान  २०८० प्रदान गरिएको  बताए ।

चैतन्य पाठशालाले वार्षिकोत्सव समारोहमा पत्रकार जोशी सहित समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

clock बिहिबार ०१, चैत २०८० १५:५९

प्रतिक्रिया