धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ

  बिहिबार ०१, चैत २०८० १३:५१

धनगढी । कैलालीको धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन्। उनीहरू त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो। उनीहरूको स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

clock बिहिबार ०१, चैत २०८० १३:५१

प्रतिक्रिया