सुदूरपश्चिम सहित यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  बिहिबार ०१, चैत २०८० ०६:५५

धनगढी । हाल  सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा/हुरीको समेत सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

clock बिहिबार ०१, चैत २०८० ०६:५५

प्रतिक्रिया