नेपाल–भारत सीमा समन्वय बैठक संम्पन्न

  बिहिबार ०१, चैत २०८० ०६:५२

कञ्चनपुर । नेपाल–भारत सीमा समन्वय बैठक बुधवार महेन्द्रनगरमा सम्पन्न भएको छ।

बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन्। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको बताए।

“स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रण गर्नेलगायत विषयमा दुवै पक्ष प्रतिबद्ध छौँ”, उनले भने, “लगत्तै हुने पूर्णगिरि मेलालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको छ”, उनले बैठकमा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बताए।

भारतको चम्पावत जिल्लाका प्रमुख नवनित पाण्डेयले लागुऔषध नियन्त्रण गर्नका लागि दुवै देश प्रतिबद्ध रहेका बताए। रासस
 

clock बिहिबार ०१, चैत २०८० ०६:५२

प्रतिक्रिया