कैलालीको धनगढीमा कुटपिटबाट एक व्यक्तिको मृत्यु

  सोमबार २८, फागुन २०८० ११:३५

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो ।

मृतकमाथि सोही गाउँमा गएराति कुटपिट भएको बताइएको छ । कुटपिटपछि घर गएर सुतेका राना विहान अचेत जस्तो देखिएपछि परिवारले अस्पताल पुर्‍याउँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उहाँका अनुसार कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिला पुरुष गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैगरी, कुटपिट भएको घरलाई सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

राति अर्काको घरमा गएको रानामाथि के कति कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए । उनले अनुसन्धानपछिमात्रै घटनाबारे सबैकुरा यकिन थाहा हुने उल्लेख गरे ।

clock सोमबार २८, फागुन २०८० ११:३५

प्रतिक्रिया