महेन्द्रनगरको मदनचोकका २२ सटरमा बल्ल चल्यो भीमदत्तको डोजर

  सोमबार २८, फागुन २०८० ११:२३

कन्चनपुर । भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रका २२ सटर भत्काउन सुरु गरेको छ । केही दिन अघि पसल खाली गराएपछि आइतबार देखि सटरहरु भत्काउन थालिएको हो ।

एशियाली विकास बैंंक (एडीबी) को क्षेत्रीय सहरी विकास अयोजना अन्र्तगत मदनचोक क्षेत्रमा निर्माणाधिन सडकका लागि २२ सटर बाधक देखिएका थिए । ती सटरका कारण मदचोकदेखि होटेल ओपेरा रोडसम्म निर्माण कार्य रोकिएको थियो ।

भीमदत्त नगरपालिकाले डोजर लगाएर सटर भत्काउन थालेको छ । आज विहानदेखि दुई डोजर प्रयोग गरिएका छन् । आइतबार साँझ एउटा डोजरले खानेपानी कार्यालय प्रवेशद्वार नजिकको पसल भत्काएको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले सटर भत्काएपछि सडक निर्माण कार्य सुरु गरिने बताए । ‘अहिले सटर भत्काउने कार्य सुरु भएको छ , सटर भत्काईएपछि सडक निर्माण कार्य अघि बढ्छ’ उनले भने ।

 

clock सोमबार २८, फागुन २०८० ११:२३

प्रतिक्रिया