बझाङमा जबरजस्ती करणी गरेको आरोपमा बोहरा पक्राउ

  आइतबार २७, फागुन २०८० १९:५९

बझाङ । बझाङमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

फागुन ११ गते बित्थडचिर गाउँपालिका १ बस्ने ५५ वर्षीय खडक बोहराले सोही ठाउँकी १७ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन्।

उनले ती किशोरीलाई गोठालो गएको अवस्थामा जबरजस्ती करणी गरेको सूचना प्राप्तपछि प्रहरी बोहरालाई २६ गते ९शनिबार० पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पीडित पक्षको जाहेरीपश्चात् किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ।

पक्राउ परेका बोहरामाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

clock आइतबार २७, फागुन २०८० १९:५९

प्रतिक्रिया