कैलालीको धनगढीबाट जंगली बदेल र चित्तलको मासु बरामद

  आइतबार २७, फागुन २०८० १९:५७

धनगढी । कैलालीमा जंगली बदेल र चित्तलको जस्तो देखिने मासु बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ बाट ५४ किलो मासु नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतवार बरामद  गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु फेला पारेको हो।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ५४ किलो मासु बरामद गरिएको प्रवक्ता चन्दले बताए। बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ।

clock आइतबार २७, फागुन २०८० १९:५७

प्रतिक्रिया