बाजुराको बडिमालिका नगरपालिका भित्रै महिला कर्मचारीबीच कुटाकुट

  शनिबार १९, फागुन २०८० १४:३४

धनगढी । बाजुरामा पालिकाभित्रै कर्मचारीको लफडा भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा लफडा भएको हो।

स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ।

कुटाकुटपछि दुबैलाई चोट लागेको छ। सुर्यबंसी भने अस्पतालमा उपचाररत छन्।


यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।

clock शनिबार १९, फागुन २०८० १४:३४

प्रतिक्रिया