डोटीको सिलगढीमा निःशुल्क बेसिक कम्प्युटर तालिम सुरु

  शनिबार १९, फागुन २०८० १२:३७

डोटी । डोटीको सिलगढीमा तीन महिने निःशुल्क बेसिक कम्प्युटर तालिम आजबाट सुरु भएको छ ।  

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाको आयोजना र दिपायल सिलगढी नगरपालिका तथा पुर्विचौकी गाउँपालिकाको सहयोगमा तालिम आजबाट सुरु भएको हो ।

तालीममा दुवै पालिकाबाट पचास जना बिद्यार्थिहरुको सहभागिता रहेको मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । 

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका काम गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आएको छ । 

 

 

 

clock शनिबार १९, फागुन २०८० १२:३७

प्रतिक्रिया