धनगढीको त्रिभुवन माविले गर्‍यो विद्यालय वरिपरि सरसफाइ

  शनिबार १९, फागुन २०८० १२:१८

धनगढी । धनगढीको त्रिभुवन माध्यमिक विद्यालयले आफ्नो वरिपरि रहेको सडक र ६ लेन सडक सरसफाइ गरेको छ । धनगढी ३ बोराडाडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले सरसफाइ गरेको हो । 

त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम अबस्थीले स्कुल वरिपरिको सडक र मोहन पुल अत्तरिया ६ लेन सडक खण्डको वोराडाँडी क्षेत्रमा सम्म सरसफाइ गरेको बताए ।

हाम्रो धनगढी हामी बनाउँछौँ, हाम्रो धनगढी सफा धनगढी भन्ने उपमहानगरको अभियानलाइ आत्मसाथ गर्दै विद्यालयले सरसफाइ अभियान आयोजना गरेको हो ।

प्रधानाध्यापक अबस्थीले  बिद्यार्थीलाइ किताबी ज्ञान मात्रै नभएर व्यवहारीक शिक्षाका साथै सामाजिक कार्यमा अग्रसर गराउन सरसफाइ कार्यक्रमको आयोजना गरेको बताइन् । 

धनगढी उपमहानगरपालिकाका अधिकारीहरूसँग मिलेर सामुदायिक सरसफाइ अभियान सुरु गरेको उनको भनाइ छ ।

 

clock शनिबार १९, फागुन २०८० १२:१८

प्रतिक्रिया