कैलालीको घोडाघोडीमा सुधरामको घरमा आगलागी, धनमाल जलेर नष्ट

  शनिबार १९, फागुन २०८० १०:२४

धनगढी । कैलालीको घोडाघोडीमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएको छ। घोडाघोडी नगरपालिका-४ गणेशपुर बस्ने सुधराम चौधरीको काठको दुई तले कच्ची गोठमा बिद्मुतको तार सट हुन गई शुक्रवार राति आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका अन्नपात, लत्ता कपडा, भाडाबर्तन लगायत गरी अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उक्त आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock शनिबार १९, फागुन २०८० १०:२४

प्रतिक्रिया