अत्तरिया महोत्सवको नक्कली टिकट प्रकरण : अध्यक्ष र पुर्व अध्यक्ष अझैँ फरार

  शनिबार १९, फागुन २०८० ०७:५८

धनगढी । कैलालीको अत्तरियामा सञ्चालन भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा मुछिएका अध्यक्ष र पुर्व अध्यक्ष अँझै फरार छन् । महोत्सवको आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिहं बोहरा र पसर्व अध्यक्ष अशोक देवकोटा अँझै फरार रहेका छन् । 

बोहरा र देबकोटाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको दुई साता वितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्। दुबै जनालाई पक्राउ गर्न गत माघ अन्तिम साता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। तर प्रहरीले खोजीकार्य तीव्र पारेको दाबी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन्।

नक्कली टीकट ठेली प्रकरणमा मुछिएका चार जना भने प्रहरी हिरासतबाट छुटिसकेका छन्। अत्तरिया उद्योग वाणिज्य संघका महासचिव, सचिव, कार्यसमिति सदस्य र विद्यार्थी नेता हाजिरी जमानीमा छुटेका छन । 

नक्कली टीकट ठेली प्रकरणमा यसअघि संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर उनीहरुलाई प्रहरी हिरासतमा राखिएको थियो।

उनीहरु चारै जनामाथि अनुसन्धान भएर एक हप्ता अघि नै छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए। 

संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, कार्यसमिति सदस्य बमबहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्ववियु सभापति भुवन महरालाई छोडिएको छ। वर्तमान अध्यक्ष बोहरा र निवर्तमान अध्यक्ष देवकोटाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

clock शनिबार १९, फागुन २०८० ०७:५८

प्रतिक्रिया