घरबाट बेपत्ता भएको १२ दिनपछि ललितपुरमा भेटिइन धनगढीकी पुजा

  शुक्रबार १८, फागुन २०८० १३:३०

धनगढी । घरबाट बेपत्ता भएको १२ दिनपछि धनगढीकी पुजा बिष्ट फेला परेकी छिन। फागुन ६ गते धनगढी स्थित बोराडाँडी घरबाट बेपत्ता भएकी मानसिक समस्या भएकी पुजा बुधवार ललितपुरमा फेला परेकी हुन्। 

मानव सेवा आश्रमका स्वयंसेवकहरूले पुजालाई भेट्टाएका हुन्। श्रीमानले बेवास्ता गरेपछि माइतीमै बस्दै आएकी २४ वर्षीय पुजाका एक छोरा छन्। 

आमाको साहारामा मानसिक समस्याको औषधि खादै गरेकी पुजा हराएपछि उनेकी आमा हरुदेवीले खोजी गर्दै आएकी थिइन। मानव सेवा आश्रम, धनगढीमा खबर गर्ने बित्तिकै आदर्श ढकालले पुजाको विषयमा खोजबिन गरेका थिए।

मानव सेवा आश्रम धनगढीलाई खबर गरेको आधा घण्टामै पुजा मानव सेवाको ललितपुरस्थित नागदह शाखाको संरक्षण रहेको जानकारी हरुदेवीलाई दिइएको छ। 

पुजालाई घर ल्याउन भने आफन्त स्वयंले मानव सेवा आश्रममा जानुपर्ने छ। छोरीको खोजी गरेर संरक्षण दिएकोमा मानव सेवा आश्रमलाई हरुदेवीले धन्यवाद दिएकी छिन।

clock शुक्रबार १८, फागुन २०८० १३:३०

प्रतिक्रिया