सिडिओ बन्न ११ सहसचिव गृहमा सरुवा

  बिहिबार १७, फागुन २०८० २१:३४

काठमाडौं । लामो रस्साकस्सीपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार ४३ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । सरुवामा ११ जना सहसचिवको गृह मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रालयमा सहसचिवको दरबन्दी रिक्त नभए पनि सिडिओ बन्नका लागि यसरी ११ जना सहसचिवलाई गृह मन्त्रालय लगिएको हो ।
सहसचिवहरू अरुण पोखरेल, खिमबहादुर रायमाझी, नारायण ढकाल, बुद्ध बहादुर गुरुङ, नरबहादुर थापा, धुव्रबहादुर खड्का, राजुराम कडरीया, सूर्यबहादुर खत्री, ऋषिराज आचार्य, केदारनाथ शर्मा, कोषहरी निरौलाको गृह मन्त्रालयमा सरुवा भएको हो ।

गृहमा यसअघि नै चक्रमणी पाण्डे लगायत सहसचिव जिम्मेवारीविहिन छन् । अध्यागमन विभागको महानिर्देशक पद खाली छ ।

हाल सहसचिव सिडिओ हुने जिल्लामा उपसचिवलाई खटाइएको छ । सिडिअ‍ो हेरफेर गरी विभिन्न जिल्लामा सहसचिवलाई खटाउन लागिएको छ । त्यही सेटिङ मिलाएर सहसचिवहरु गृहमा गएका हुन् ।

clock बिहिबार १७, फागुन २०८० २१:३४

प्रतिक्रिया