दुधको मुल्य नपाएको भन्दै सुदुरपश्चिमका दुग्ध उत्पादक किसान आन्दोलित

  बिहिबार १७, फागुन २०८० १६:२८

धनगढी । अत्तरियामा किसान महासंघले बाटोमै दुध खन्याएको छ । महासंघले किसानहरुले भुक्तानी नपाएको भन्दै चक्काजामसहित सडकमा दुध समेत खन्याएको हो ।

सरकारले नेपाली दुधको मुल्य नदिएर नेपाली उत्पादनलाई निरुत्साहित गर्दै भारतिय दुध आयातमा सहजीकरण गरेको आरोप लगाउँदै उनिहरु आन्दोलनमा उत्रेका हुन् ।

धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले चालु आर्थिक वर्षको असोज १६ गतेदेखि माघ महिनासम्मको रकम भुक्तानी नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको मोहनराज जोशीले बताए । 

दुग्ध वितरण आयोजनाले किसानहरुको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

clock बिहिबार १७, फागुन २०८० १६:२८

प्रतिक्रिया