कैलालीमा १४ वर्षीया बालिकामाथि ६० वर्षका वृद्धबाट करणी

  बिहिबार १७, फागुन २०८० १५:१५

धनगढी । कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको टीकापुरबाट बिहिवार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको छ। 

चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

clock बिहिबार १७, फागुन २०८० १५:१५

प्रतिक्रिया