कञ्चनपुरको इलाका प्रशासन त्रिभुवनबस्तीको सेवा १५ दिनदेखि ठप्प

  बुधबार १६, फागुन २०८० ११:३५

धनगढी । कञ्चनपुरको इलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीको काम पूर्ण रुपमा ठप्प भएको छ। कार्यालय प्रमुख डम्बर बहादुर खड्काको फागुन १ गते जिम्मेवारीको समयावधि सकिएपछि सेवा बन्द भएको हो। 

गृह मन्त्रालयले जिम्मेवारी थप गरेको छैन। जिल्लाका पुनर्वास, बेलौरी र लालझाडीका नागरिकले नागरिकता बनाउन पाएका छैनन।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले खड्काको समयावधि गृहले नबढाउदा समस्या आएको बताए। उनले भने, ‘जिल्लामा कर्मचारीको अभाव छ। गृहले समयावधि बढाएको छैन। 

अको हप्तासम्म कर्मचारी आउनुहुन्छ।’ एक दिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत प्रशासकीय अधिकृत उद्धव सिंह कार्कीलाई त्रिभुवनबस्तीको जिम्मेवारीमा खटाइएको थियो।

तर, अर्को दिनबाट पूर्ण रूपमा सेवा ठप्प गरिएको छ। तीन स्थानीय तहबाट एक दिनमा ४० जना भन्दा बढी सेवाग्राही नागरिकताका लागि मात्र आउने गरेका थिए। तर, सेवा बन्द भएपनि उनीहरू समस्यामा रहेका छन्।

clock बुधबार १६, फागुन २०८० ११:३५

प्रतिक्रिया