बैतडीमा सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरियो

  बुधबार १६, फागुन २०८० ०७:२९

बैतडी । बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले मंगलवार स्काभेटर पुरिएको छ। स्काभटर पुरिँदा चालक घाइते भएका छन्। 

सुर्नया गाउँपालिका –८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहेका बेला माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको हो।

स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २६ वर्षीय आनन्द गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। 

चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनको घाँटी र कम्मरमा चोट लागेको छ।

clock बुधबार १६, फागुन २०८० ०७:२९

प्रतिक्रिया