कैलालीबाट एकै दिन ८ जना फरार प्रतिबादी पक्राउ

  सोमबार १४, फागुन २०८० २०:४९

धनगढी । कैलालीको विभिन्न स्थानबाट एकै दिन दुई महिलासहित ८ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरुलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी ईइकाइबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताएका छन्।

पक्राउ पर्नेमाः
१. बहु बिहाह मुद्धामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१२ का २९ वर्षीय दिलबहादुर थापा

२. लागुऔषध मुद्धामा १६ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय शम्भु सेवा,

३.लागुऔषध मुद्धामा ११ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय बिबेक नेपाली,

४.लागुऔषध मुद्धामा १९ दिन कैद सजाए तोकेका धनगढी उपमहानगरपालिका–८ का  ४० वर्षीय भक्तु राना

५. नाता कायम मुद्धामा २५० रुपैँया जरिवाना तोकिएका टीकापुर नगरपालिका–६ का ३२ वर्षीय आस्था कुवँर

६. चेक अनादर मुद्धामा एक अहजार जरिवाना तोकिएका जानकी गाउँपालिका–८ का ४२ वर्षीय पृपबहादुर भण्डारी

७. चेक अनादर मुद्धामा एक हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–९ का ४४ वर्षीय तुलबहादुर धामी

८. चेक अनादर मुद्धामा एक हजार आठ सय जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ का ४१ वर्षीय शोभा सिंह ठकुरी पक्राउ परेका छन्। 

clock सोमबार १४, फागुन २०८० २०:४९

प्रतिक्रिया