कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

  सोमबार १४, फागुन २०८० ०९:१९

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–६ सुकासालबाट १.७२ ग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त–१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त–८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। 

clock सोमबार १४, फागुन २०८० ०९:१९

प्रतिक्रिया