सुदूरपश्चिम प्रहरीको आरआइटी खारेज

  आइतबार १३, फागुन २०८० १४:४१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ। स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रबिन्द्र केसीले आरआइटी खारेज गरेका हुन्।

आरआइटी संरचना विवादमा तानिएकाले खारेज गरिएको बताइएको छ। हाल एक सईसहित ४ जनाको नेतृत्वमा आरआइटी टोली थियो।

यस अगाडी पनि डीआईजी केसीले उक्त टोलीभित्र हेरफेर गरेका थिए। उनले आरआइटी टिमका केही सदस्यलाई रमाना गरेका थिए भने एक जनाको जिम्मेवारी खोसेका थिए।

त्यसबेला आरआइटीको इन्चार्जसमेत रहेका वरिष्ठ सई डेनी स्वारलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरीमै ड्रेसको ड्युटी लगाइएको थियो भने सईद्वय अनिल विष्ट र दिपेन्द्र किमाडीसहित एक हवल्दार शङ्कर कार्कीलाई दरबन्दी भएकै ठाँउ रमाना गरिएको थियो।

त्यसबेला डीआइजी केसीले नयाँ इन्चार्जसहितको टोली निर्माण गर्न हेरफेर गरिएको बताइएको थियो।

तत्कालीन समयमा इन्सपेक्टरको नेतृत्वमा आरआइटीको नयाँ टोली गठन गर्ने भनिएपनी अहिले टोली नै खारेज गरिएको हो। 
 
अब लागुऔषधको अपरेसनका लागि मात्र टोली गठन गरिने स्रोतको दाबी छ। यस अगाडि आरआइटीले प्रदेशभर सादा पोशाकमा खटिएर अपराध अनुसन्धान लगायतका काम गर्दै आएको थियो।

clock आइतबार १३, फागुन २०८० १४:४१

प्रतिक्रिया